२६ जेठ
पर्वत । सरकारले आजदेखि देशभर चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप भेरोसेल लगाउन सुरु गर्दैछ । काठमाण्डौ उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डाक्टर झलक गौतमले जानकारी दिनुभयो ।
खोपको उपलब्धताका आधारमा काठमाण्डौ उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेरकालाई खोप दिन लागेको पनि डाक्टर गौतमले बताउनुभयो । ६० देखि ६४ वर्ष उमेर समूहका नागरिक आठ लाख ५४ हजार रहेकाले खोपको दोस्रो मात्रा नपुग्ने देखिएको छ ।


हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने छ । हिमाली क्षेत्रमा पटक,पटक खोप पुर्याउन गाह्रो हुने भएकाले १८ वर्ष माथिकालाई नै खोप लगाइने भएको हो । डाक्टर गौतमले खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर केन्द्रमा जानसमेत आग्रह गर्नुभयो ।
पहिलो र दोस्रो चरणमा गरी चीनले नेपाललाई अनुदानमा १८ लाख डोज खोप दिएको छ ।
यसैबिच सरकारले आजदेखि देशैभरि कोरोना बिरुद्धको खोप अभियान शुरु गर्ने भएपछि पर्वतमा भने जेठ ३० र ३१ गते दुई दिन लगाउने भएको छ । जिल्ला कोरोना खोप व्यवस्थापन समितिको निर्णय अनुसार २ दिनमा जिल्ला भर स्थानिय पालिकाको समन्वयमा खोप लगाइने छ । तर माग अनुसारको खोप भने नआएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा भोजराज गौतमले वताउनू भयो । स्वास्थ्य कार्यालय पर्वतका अनुसार यो चरणमा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्याक्तिलाई खोप लगाउने लक्ष्य छ ।


पर्वतमा यो उमेर समूहका व्याक्ति २ हजार ६ सय ६३ जना रहेका छन् । तर, खोपको मात्रा भने लक्षित समूहलाई नपुग्ने देखिएको छ । सरकारले पर्वतलाई २ हजार १ सय डोज मात्रै खोप उपलब्ध गराएको हुनाले लक्षित समूदाय नै खोप लगाउन बाट बञ्चित हुनुपर्ने अवस्था देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले पठाएको सिफारिस भन्दा कम मात्रामा खोप आएको स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रविण भण्डारीले बताउनुभयो ।
कोभिड सिल्ड लगाएकाले भेरोशिल्ड खोप लगाउन नमिल्ने जनाईएको छ । कोभिडशिल्ड पहिलो डोज लगाएकाहरुले दोश्रो डोजका लागी केहि समय पर्खन पर्ने भएको छ । पहिलो डोज लगाएको १२ हस्ता भित्र दोश्रो डोज लगाउने भनिएता पनि १६ हप्ता सम्ममा पाि लगाउने मिल्ने जनाईएको छ ।
भेरोसिल्ड खोप पहिलो डोज लगाए पछि कम्तिमा १२ हप्ता सम्ममा दोश्रो डोज लगाउन मिल्ने जनाईएको छ । मुटुरोगी,दुवै मृगौला फेल भएका विरामी,चिनिी रोग लगेका तथा दिर्घरोगीहरुले पनि यस खोप लगाउन मिल्ने वताईएको छ । १८ वर्ष माथिका सवै,गर्भवतीले पनि लगाउन मिल्ने भएको छ ।
कोरोना संक्रमित भएको तथा ज्वरो आएको समयमा भने उक्त खोप लगाउन नमिल्ने जनाइएको छ ।