२२ जेठ
पर्वत । क्षत्री समाज पर्वतले कोरोनाका कारण भएको १ महिने लकडाउनमा दैनिक हातमुख जोड्न अप्ठ्यारोमा रहेका १५ परिवारलाई खाद्यान्न राहात वितरण गरेको छ । राहात पाउनेहरु अपाड्ग,एकल महिला,विपन्न जेष्ठ नागरिक रहेका छन् । जस्को दैनिक चुलो वल्न कठिनाई भएको थियो ति परिवारमा समाजका सदस्यहरु नै पुगेर छनौट गरेका थिए । राहात पाउने हरु इन्द्र गौचन कुनपा ६,होमलाल विक कुनपा ४,करुणा श्रीपाली कुनपा ५,सपना विश्वकर्मा कुनपा ५,पुर्ख वहादुर वुढाथोकी कुनपा ५,जित व नेपाली,कुनपा ५,राममाया माझी कुनपा ४,कुमार पुन मोदी ५,जुलिना खातुन कुनपा ५,महेश भण्डारी कुनपा ६,सविना राना कुनपा ६ लगायत रहेका छन् ।

त्यसै गरि वाग्लुङ्ग नगरपालिका वडा नं. १३ का १८ वर्षिय अभिशेक रोका लाई उपचारका लागी ३२ हजार सहयोग हस्तान्तरण गरेको छ । उनि १२ दिन अगाडी घर नजिकैको रुखमा घांस काट्न जांदा लडेर टाउको र छातीमा गंभिर चोट लागेको थियो । हाल उनको फेवासीटी हस्पीटल पोखरामा उपचार भइरहेको छ । उनको अवस्था सुधार उन्मुख रहेको छ । सहयोग रकम उनकी आमा उजेली रोकालाई समाजका अध्यक्ष कृष्ण वहादुर क्षत्रीले हस्तान्तरण गर्नु भएको थियो ।
अविशेक वचाउन अभियानका लागी सहयोग रकम समाजका सदस्य तथा समृद्ध वचत ऋण सहकारीका शेयर सदस्य कु. न.पा १४ आर्थर काउले निबासी टेक बहादुर बानिया रु ७००० ,मिना वानिया थापा वाट ५००० सुबर्ण अर्याल २०००, गणेश बहादुर क्षेत्री१०००, कृष्ण बहादुर क्षेत्री १०००, मान सिंह भण्डारी १०००, गिरि बहादुर भण्डारी १०००, कृष्ण प्रसाद शर्मा १०००, लाल बहादुर भण्डारी १००० नवराज भण्डारी,१००० सरस्वती भण्डारी १००० र क्षत्री समाज बाट १००००,गरि जम्मा ३२००० रकम संकलन गरिएको थियो ।

समाजको म्यासिन्जर गुरुपमा लकडाउनका कारण अप्ठेरोमा परेका परिवारलाई खाद्यन्न सहयोग गर्न गरिएको अनुरोध वमोजिम समाजका सदस्यहरुवाट जम्मा भएको रकम वाट राहात वितरण गरिएको थियो ।

पहिलो चरणमा १५ जनालाई राहात वितरण गरिएको क्षत्री समाज पर्वतका अध्यक्ष कृष्ण वहादुर क्षत्रीले जानकारी गराउनु भयो ।
आगामी दिनहरुमा पनि अप्ठेरोमा परेका परिवारलाई सहयोग सवतरण गर्ने समाजका उपाध्यक्ष मानसिह भण्डारीले वताउनू भयो ।
विगत वर्षमा भएको लकडाउनमा पनि कुश्मा नगरपालिकाले आहन गरेको विपद कोष्मा यस समाजले रु ५० हजार सहयोग गरेको थियो ।








