२३ असोज बनेपा: जिल्ला अदालत काभ्रेकमा घुससहित सोमबार एक कर्मचारी प्रक्राउ परेका छन्। प्रक्राउ पर्नेमा सोही कार्यलयका नायब सुब्बा राजेन्द्र खत्री रहेका छन्। उनलाई अख्तियारको टोलीले १ लाख २५ हजार रुपैया घुस सहित प्रक्राउ गरेको हो।
गत भदौ १७ गते सिन्धुपाल्ञ्चोकको चेहरेमा टिपर र बोलेरो ठोकिदा भएको घट्नालाई लिएर टिपर चालकलाई पक्राउ गरी मुद्दा मिलाउने आश्वासन देखाएर घुस लिईरहेको अवस्थामा धुलिखेल बसपार्क चोकबाट अख्तियारको टोलीले पक्राउ गरेको हो।
अदालतमा चलेको मुद्धा मिलाईदिने र पिडितलाई छुटाईदिने भन्दै नायब सुब्बा खत्रीले पैसा मागेपछि अख्तियारलाई जानकारी गराएर पैसा दिएको पीडितका आफन्त निलप्रसाद दुलालले जानकारी दिए।
‘खत्रीले हामीलाई एक लाख २५ हजार रुपैया दिएमा छिटै छुटाउँछौं, नत्र ८ बर्षसम्म जेलमा बस्नुपर्छ भन्दै पटक पटक फोन गरेर रकम मागेपछि अख्तियारको टोलीलाई जानकारी गराएर रकम दिएका हौं’
जिल्ला अदालतमा सबै काम सकेर आईतवारनै टिपर चालक पाचँ हजार ढरौटीमा छुट्नु पर्नेमा पैसा नदिएको भन्दै खत्रीकै कारण उनलाई रोकेर राखेको दुवालले बताए।
काभ्रेमा पछिल्लो समय सरकारी कार्यालयमा कर्मचारीले लोभलालच र मोलमलाई गनुका साथै सेवाग्राहीसंग ठगिदै आएको सेवाग्राहीको गुनासो गर्दै आएका छन्। यसअघि घरेलु तथा साना कार्यालय धुलिखेलबाट अख्तियारले दुई कर्मचारीलाई घुस लिँदालिँदै प्रक्राउ गरेको थियो।








