१७ जेठ
पर्वत समाज जापानको छैठौ अधिवेशन सम्पन्न भएको छ । अधिवेश भर्चुअल विधिद्धारा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले उद्धघाटन गर्नुभएको थियो । अधिवेशनमाा शुभकामना मन्तव्य राख्दै रोजगारीको शिलशिलामा वा विभिन्न माध्यमले जापान गएका पर्वतेली नेपालीहरुले मातृभुमिका लागी पुयाएको सेवाको उच्च प्रशंसा गर्नु भयो । पर्वतवासीहरुको मानविय सेवामका लागी विभिन्न विपत्तीमा सहयो पु-याउदै आएको स्मरण गर्नुभयो । यसरी सवै पर्वतेलीहरु एकतावद्धभई मातृभुमिको सेवामा लाग्न शुभकामना दिनुभयो ।
एनआरएनए आइसीसी कोषाध्यक्ष महेश श्रेष्ठले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दै पर्बत समाजको क्रियाशीलताको प्रसंशा गर्नु भएको थियो। कोभिड महामारीमा प्रबासी हाम्रो योगदान महत्वपूर्ण हुने बताउदै आगामी दिनमा पर्बत समाज जापान को भूमिका उच्च हुने आशा ब्यक्त गर्नु भएको थियो ।
कोभिटको पहिलो चरण र दोश्रोचणमा पर्वत जिल्ला अस्पतालमा स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । त्यसैगरि मृर्गौला पिडित,वोनम्यारो पिडित,दैवीप्रकोपमा समेत सहयोग गर्दै आएको छ ।
पर्वत समाज जापानको छैटौं अधिवेशनबाट जनक सुबेदी अध्यक्षमा चयन हुनुभएको छ । यस्तै महासचिवमा राम बास्तोला,उपाध्यक्षमा सुबास लामिछाने,मुक्तिराज रेग्मी,रमेश काफ्लेलाई चयन हुनुभएको छ । यस्तै सचिवमा विनोद न्यौपाने,अनिल पन्त,कोषाध्यक्षमा विमल न्यौपाने,सहकोषाध्यक्षमा कृष्ण भूषाल चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा राजेन्द्र भूषाल,अर्जुन कुमार बस्याल,बसन्त कुमार जोशी,अर्जुन तिवारी,बिकास सापकोटा,सञ्जिता सुनार,अर्जुन थापा,राम भूषाल,सागर सापकोटा,कृष्ण भूषाल,सुरज पौडेल बालकृष्ण रिजाल,रविन शर्मा,दिपक गुरुङ,राजु गौडेल,जिवन गुरुङ,राजेन्द्र शर्मा,नारायण पौडेल र रमेशराज जैसी चयन हुनुभएको छ ।
भर्चुअल माध्यम बाट अति नै सौभाद्रपूर्ण रुपमा अधिबेशन सम्पन्न भएको निर्वाचित महासचिब राम बास्तोलाले बताउनु भयो । पर्बत समाज बेल्जियम,तमुधि जापान लगायत विभिन्न देशबाट शुभकामना प्रदान गरेका थिए ।
कार्यक्रममा वार्षिक प्रगती प्रतिवेदन जनक सुबेदीले र आर्थिक प्रतिबेदन बसन्त कुमार जोशीले राख्नु भएको थियो। कार्यक्रममा स्वागत उपाध्यक्ष सुबाश लामिछाने। संचलान जनक सुबेदी र अध्यक्ष सुजन जोशीले गर्नुभएको थियो ।








