१४ जेठ
पर्वत । घांस काट्ने क्रममा रुखवाट लडेर गम्भिर घाईते भएका अबिशेक रोकालाई उपचारका लागी ५२ हजार हस्तान्तरण गरिएको छ । कुश्मा नगरपालिका वडा नं २ अर्मादी निवासी शुभचिन्तकहरुले व्यक्तिगत रुपमा रकम संकलन गरि सहयोग हस्तान्तरण गरेका हुन । उक्त रकम सहयोगका लागी जलजलागाउंपालिकाका अध्यक्ष यम वहादुर मल्ल,वडा नं. २ का वडा अध्यक्ष यदुनाथ शर्मा वास्तोला,श्याम कुमार जोशी,शान्तिशर्मा कुमाल,जापानमा रोजगारीको शिलशिलामा गएका खेम विक्रम शाही,शिव जोशी लगायत २६ जनाले सहयोग गरेका छन् । उक्त रकम अविशेककी दिदी एलिशा रोकालाई हस्तान्तरण गरिएको छ ।
बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका वडा नं १३ कालाखोला साविकको पैयुपाटा गा वि स वडा नं ८ कालाखोला निवासी १८ वर्षिय अबिशेक रोकाको आफ्नै गाउँमा घाँस काट्ने क्रममा रूखबाट लडेका हुन । उनको टाउकोमा गम्भिर चोट लागी रगत जमेको छ । शरिरका अन्य अंगहरुमा पनि गम्भिर चोट लागेको छ ।

उनलाई उपचारका लागि तत्काल गाउँलेहरूको सहयोगमा हिजो पोखरको फेवासिटी अस्पतालमा भर्ना गरिएको छ। डाक्टरको सल्लाहअनुसार उनको तत्काल टाउकाको अप्रेसन गर्नुपर्ने भएको छ । टाउकाको अप्रेशन गर्दा धेरै पैसा लाग्ने डाक्टरले वताएका छन् । घरको आर्थिक अवस्था निकै नै कमजोर र दयनीय भएको बावु कृष्ण रोका र आमा सरस्वती रोकाले वताउनु भयो । उहांहरु घरमा नै सानोतिनो कृषि काम गरी जिवनयापन गर्दै आउनु भएको छ ।

जनतन आफ्नो जीविकोपार्जन गर्दै आएको रोका परिवारले उपचारका लागी सहयोग गर्न सवैलाई अनुरोध गर्नुभएको छ । टाउकाको अप्रेशन गर्न धेरै रकम आवश्यक पर्ने भएकाले सम्पूर्ण स्वदेश तथा विदेशमा रहेनु भएका दाजु भाई तथा दिदी बहिनीहरुलाई यस मानवीय अभियानमा हातेमालो गरी अबिशेक रोकालाई बचाउन अपिल गरेका छन् । अविशेक हिमालय मावि खुर्कोटमा १२ कक्षामा अध्ययनरत थिए ।
घाईतेको उपचारका लागी सहयोग गर्न चाहने माहानुभावहरुले विाष्णु खत्रीको ग्लोवल आई एम ई वैकमा रहेको खाता नं. ६६०७०१०००००१४ मा रकम जम्मा गर्न सक्नुहुनेछ । मोवाईल नं.९८४७६२०२४०








