१४ जेठ
पर्वत । पर्वत जिल्लामा कोरोना भाईरसको थप संक्रमण वढ्न नदिनका लागी जिल्ला कोभिड १९ व्यवस्थापन समितिको जेठ १३ गते बसेको बैठकले जेठ २२ गते राति सम्म १२ वजे सम्म लागु हुने गरी निषेधाज्ञाका लागि सिफारिस गर्ने निणर्य गरेको छ ।
समितिको सिफारिसमा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले निषेधाज्ञाको आदेश जारी गर्नुभएको छ । यस अघि जेठ ७ गतेदेखि जेठ १५ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । अहिले नयाँ अध्यादेश अनुसार संशोधन सहित थप कडाइ गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पर्वतको रिपोट अनुसार जिल्लामा ७ सय १९ जना सकृय संक्रमीत रहेका छन् भने ४० जनाको मृत्यू भएको छ । दैनिक जसो संक्रमीतहुनेहरुको दर वढिरहेको छ ।
जिल्लामा विकास निर्माणका कार्यहरु भने रोकीएका छैनान तर निजि निर्माणका कामहरुमा भने रोक लगाईएको छ । निर्माणका कार्य गर्ने मजदुरहरुले स्वास्थ्यका मापदण्ड पुरागरी कार्य गर्न भनिएको छ । तर निजि निर्माणको कार्यमा स्वास्थ्यका मापदण्ड पुरा गरे पनि रोक लगाईएकोमा विभेद भएको जनगुनासो आएको छ । के निजि निर्माणमा कोरोनाले चिनेर लाग्ने र विकास निर्माणका कार्यमा नलाग्ने भन्ने हुन्छ भन्दै निजि निर्माणका व्यवसायीहरुले गुनासो गरेका छन् ।
१३ गते जारी गरेको निषेधआज्ञामा मालबहाक सवारी साधनलाई जिल्ला प्रबेश गर्न नपाउने भएका छन् ।
पर्वत जिल्ला भित्र करिव ३ महिनालाई पुग्ने खाद्य सामग्री रहेको र तत्काल खाद्य संकटको अवस्था नआउने ठहर गर्दै ढुवानीजन्य सवारीसाधनमा रोक लगाएको हो । जेठ १६ गतेदेखि कुनै पनि मालबहाक ढुवानी साधन जिल्लामा प्रबेश निषेध गरिएको छ ।
पछिल्लो समय कुश्मा बजार भित्र केही सिमेन्ट, तरकारी लगायतका अधिकृत विक्रेताहरुमा समेत कोभिड १९ को संक्रमण पुष्टि भएपछि समितिले यस्तो निणर्य गरेको हो । त्यस्तै सरकारी सवारी साधनको समेत निषेधाज्ञाको समयमा दुरुपयोग भएको गुनासो आएपछि कुनै पनि सवारी साधन कर्मचारी पोशाक र परिचय पत्र विना सडकमा सञ्चालन गर्न नपाइने व्यवस्था जारी भएको छ ।
व्यवस्थालाई अटेर गरेमा प्रशासन र प्रहरीले १ सय देखि ५ लाख सम्म जरिवाना गर्ने व्यवस्था भएको बताउँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नियमलाई सही रुपमा पालना गर्न सवै नागरिक समक्ष आह्वान गरिएको छ ।









