११ जेठ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दायर भएका छन् ।  सर्वोच्च अदालतले ती रिटमध्ये ११ वटाको सुनुवाइ जेठ १४ गते हुने तय गरेको छ।

संवैधानिक बेञ्चमा सुनुवाईको माग गरिएका ११ वटा रिटको सुनुवाई १४ गते हुन लागेको सर्वोच्च अदालतले जनाएको छ । यस्तै अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाई  भने जेठ १३ गते बिहीबार हुनेछ ।