
जेष्ठ ८
गौरादह / झापाको गाैरादह ४ मा एकै परिवारका २ जनाको काेराेना संक्रमणका कारण मृत्यु भएको छ । गौरादह नगरपालिका वडा न ४ खाङ्टाका ३० वर्षीय सन्तोष ताजपुरीयाकाे काेशी काेभिड अस्पतालमा आज सनिबार बिहान १२.४५ मा मृत्यु भएको हाे ।
उनकी आमा शान्तिदेवी ताजपुरीयाकाे बैशाख २३ गते कोरोना संक्रमणकै कारण निधन भएको थियोे । कोरोना संक्रमणका कारण आफ्नी आमा गुमाएका सन्तोष लाई पनि कोरोना संक्रमण पुष्टि भएपस्चात बैशाख २४ गतेदेखि उनी उपचाररत थिए ।
उपचाररत अवस्तामै आज बिहान उनको कोशी कोभिड अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।







