६ जेठ
हेटौडा । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान सकिएको छ । योसँगै  अपरान्ह साढे ४ बजेदेखि मतगणना  सुरु गरिने प्रमुख निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले बताएका छन् ।

देशका ३ सय ४७ मतदाता मध्ये ३ सय ३८ मत खसेको छ । स्थानीय तहबाट दुई सय ३८ मतदातामा  २ सय ३३ मत खसेको छ ।

प्रदेश सभाबाट १०९ मतदाता मध्य १०५ मत खसेको निर्वाचन अधिकृतश्रेष्ठले जानकारी दिए ।उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको  छ ।