५ जेठ
पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि सवैको साथ र सहयोगको आवश्यकता रहेको बताउनु भएको छ । मुलुकमा दोस्रो चरणमा फैलिएको नयाँ भरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) का कारण नागरिकहरुको मृत्यु समेत भएकाले यस रोगको रोगथाम र नियन्त्रणका लागि सवै एकजुट हनुपर्नेमा जोड दिनुभयो । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (DCCMC) को आज बसेको बैठकलाई सम्बोधन गदै नेता जोशीले कोरोना भाईरस गाउँगाउँमा फेलिएको बताउँदै यसको न्यूनीकरणका लागि वडास्तर देखीनै सचेतनाका कार्यक्रम संचालन गर्नुपर्ने बताउनु भयो ।
काँग्रेस नेता जोशीले कोरोना भाइरस रोकथाममा सरकार पूर्ण असफल भएकाले जनता आफै सुरक्षती भएर बस्नुपर्ने बताउनु भयो । उहाँले सरकारले सुरक्षित गर्छ भन्ने सोचेर नबस्न सबैमा आग्रह गर्नुभयो । नेता जोशीले भन्नुभयो, ‘सरकारले गर्ला र हामी सुरक्षीत हौँला भनेर नबसौँ । आफूले आफैलाई सुरक्षीत गर्नुप-यो । आफैलाई सुरक्षीत हुने तरिका खोज्नु प-यो । आफ्ना साथीभाइ, टोल छिमेकलाई सुरक्षीत रहन र सचेतना अभियानलाई अगाडी बढाउन सबैलाई आह्वान गर्छु ।,’ जोशीले मास्क लगाउन, भौतीक दुरी अनिवार्य रुपमा कायम गर्न, स्यानीटाइजर प्रयोग गर्न र अनावश्यक बाहिर हिडडुल नगर्न पनि सबैमा अनुरोध गर्नुभयो ।

जिल्लामा फैलिएको कोरोना भाइरसका कारण नागरिकको मृत्यु समेत भएकोमा दुःख व्यक्त गदै संक्रमितको उपचार गर्नका लागि केही कसुर बाँकी नराख्न समेत प्रजिअ खत्रीलाई आग्रह गर्नुभयो । नेता जोशीले कोभिड–१९ को रोकथाम र नागरिकको आवश्यकतालाई मध्येनजर काँग्रेसले निर्माण विपी स्मृति भवनमा अक्सिजन सहितको आइस्युलेसन बेड व्यवस्था गरिदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।‘कोभिडको रोकथाममा काँग्रेस विगत देखी नै सक्रिय छ, अहिले पनि निर्माणधिन विपी स्मृति भवनमा अक्सिजन सहितको वेड निर्माण गर्न तयार छौँ, यसको सम्पूर्ण खर्च काँग्रेसले व्यहोर्न तयार छ ।,’ कोभिडको रोकथाम र नियन्त्रणका लागि पर्वत काँग्रेसले सहयोग गर्न पछि नहट्ने कुरा दोहो-याउनु भयो ।
नेपाली काँग्रेस स्थानीय तह समन्वय विभागका प्रमुख समेत रहेका जोशीले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिनुभएको छ । नेता जोशीले कोरोना रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताउँदै आफ्नो भूमिका र सक्रियता अझै बढाउन सकेमा छिट्टै नै कोरोना संक्रमणको जोखिम घटाउन सकिने बताउनुभयो । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिलाई जिल्ला प्रवेशमा कडाई गर्नुपर्ने, सम्भावित संक्रमित ठाउँहरुको सघन अनुगमनका आधारमा परीक्षणको दायरा व्यापक बनाउनु पर्ने, नागरिकहरुलाई राहातको व्यवस्था गर्नुपर्ने माग समेत गर्नुभएको थियो ।
उक्त बैठकमा काँग्रेस नेता जोशीले जिल्ला कोभिड संकट व्यवस्थापन समिति पर्वतलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कोरोनाको महामारीका बेला अग्रपंतिमा रहेर काम गर्ने कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरुको प्रयोजनका लागि जोशीले विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो । उहाँले मास्क, फेस सिल्ड, पन्जा लगायतका स्वास्थ्य सामग्री सिसीएमसी पर्वतका र्सयोजक तथा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीलाई हस्तान्तरण गर्नुभएको हो ।








