२८ वैशाख

कोरोना संक्रमणबाट नेकपा एमालेका नेता शोभाखर भण्डारीको निधन भएको छ। ६३ वर्षीय भण्डारीलाई एक हप्ता अघि कोरोना पुष्टि भएको थियो ।

उनको गएराति साढे १२ बजे पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो। लामो समय नेकपा एमालेको सक्रिय राजनीति गरेका भण्डारी पछिल्लो समय प्रतिनिधिसभा विघटनपछि माधव नेपाल पक्षमा खुलेका थिए ।

केही समयअघि नेपाल समूहले गरेको समानान्तर कमिटी गठनमा उनी कास्की जिल्ला उपाध्यक्ष चुनिएका थिए । भण्डारी कास्कीका विभिन्न संघसंस्थामासमेत आवद्ध थिए ।