२१ वैशाख
निरंजन कुमार साह,जनकपुरधाम । धनुषामा एक कोरोना संदिग्ध बिरामीको उपचार अभावमा छटपटिएर मंगलवार मृत्यु भएको छ ।
पाँचदिनदेखि रुघाखोकी ज्वरो लागेका बटेश्वर गाउँपालिका वडा नम्बर ४ ससुरालीमा बस्दै आएका का ४५ वर्षीय लोकबहादुर परियारको उपचारको अभावमा छटपटिएर जनकपुरधाममा मृत्यु भएका छन ।
जनकपुरको प्रादेशिक अस्पतालमा लग्दा भर्ना नलिएपछि अन्य अस्पतालहरुमा पनि लिएर जाँदा भर्ना नगरेको पिडित परिवारको भनाइ छ ।
पहिला पैसा नै डिपोजिट गर्नुपर्ने भनेपछि बिरामीका आफन्तले पैसा नभएको भन्दै घर फर्किन भनेको र बजारकै आरपी मेडिकलमा राखेपछि त्यँही मृत्यु भएको एम्बुलेन्स चालकले वताए।
परियारलाई राति ८ बजे श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि जनकपुर लगिएको थियो । पहिले प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचारको लागि पुग्दा बेड खाली नरहेको भन्दै फर्काइएको थियो । त्यहाँबाट जनकपुरको अन्य केहि हस्पिटलहरुमा लगिएको थियो तर कतै भर्ना नलिएपछि बाध्य भएर घर फर्किएपछि बटेश्वर बजारको आरपी मेडिकल हलमा पुग्दा मृत्यु भएको पिडित परिवारजनले गुनासो पोखे ।
परियारलाइ अक्सिजनकै अभावमा मृत्यु भएको एम्बुलेन्स चालक रामबाबु महतोले जानकारि दिए । एम्बुलेन्समा अक्सिजन लगाइदिएर जनकपुर लगेका थियौं । प्रादेशिक अस्पतालमा बेड छैन भनेर फर्काएपछि केहि निजी अस्पतालमा पनि लिएर गयौं । कसैले भर्ना गरेन । उनका आफन्तले घर नै फर्किन भन्यो’ एम्बुलेन्स चालकले भने ‘फर्केपछि आरपी मेडिकल हालमा राखिदिन भन्यो । राखदिएँ । म अर्को बिरामी लिएर काठमाडौं हिँडे । बिहान उनको मृत्यु भएको खबर थाहा पाएँ ।’
यता, मृतकको शव अहिले आरपी मेडिकलको बाहिरै रहेको छ । मृतकका आफन्त समेत शव छाडेर त्यँही छाडेर आफ्नो घर पुगेका छन् । आफन्त समेत छाडेर गएपछि अहिले वेवारिसे अवसस्थामा शव त्यही रहेका हुन ।








