१७ वैशाख

पर्वत । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला स्तरीय कोराना रोकथाम जिल्ला समन्वय समितिको वैठकले वैशाख १९ गते देखि एक हप्ता कुश्मा बजारमा निषेधाज्ञा सहितको लक डाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका का अनुसार आज बसेको वैठकले आगामी आइतबार देखि सदरमुकाममा एक हप्ते निषेधाज्ञा सहितको लक डाउन गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार १८ गते राती १२ बजे देखि २५ गते सम्म सदरमुकाम कुश्मा बजार भित्र सवारी साधन बन्द हुनेछन भने अत्यावश्यक बाहेकका पसलहरु पनि बन्द हुनेछन् । अत्यावश्यक काममा बाहेक कोहि पनि घरबाट बाहिर ननिस्कन समेत प्रशासन कार्यालयले सर्वसाधरणलाई अनुरोध गरेको छ । अत्यावश्यक सेवा अन्तर्गतका पसलहरु पनि विहान ७ देखी १० वजे र वेलुका ४ वजे देखी ७ वजे सम्म मात्र खुल्ला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ ।

जिल्लामा संक्रमणको दर बढ्दै जाँदा कुश्मा नगरपालिकाले नगरको बजार क्षेत्रमा लक डाउन सहितको निषेषाज्ञा जारी गर्न अनुरोध गरेको थियो । बजार क्षेत्र बन्द रहे पनि मध्यपहाडी लोकमार्गमा पुर्व पश्चिम सञ्चालन हुने सवारी साधन सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी पाण्डको भनाई छ ।
लामो दुरीका सवारीसाधन वारे भने केहि उल्लेख गरिएको छैन ।