१८ चैत्र

बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा दुईजनाको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

मृत्यु हुनेमा बडिगाड गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाई  रहेका छन् । हत्यामा संलग्न रहेका ७ जना आरोपीलाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका डीआईजी घनश्याम अर्यालले बताए ।

दुवैको शव दर्लिङको बल्देधुरी भीरमा ५ सय मिटर तल खसेको अवस्थामा फेला पारेको  थियो । आरोपीहरुलाई प्रहरीले गएराती पक्राउ गरेको हो ।