१२ चैत्र
नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागले पर्वत उद्योग वाणिज्य संघमा निर्वाचित सदस्यहरुलाई वधाई ज्ञापन गर्दै चुनावको समिक्षा गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि चौत्र ७ गते सम्पन्न उद्याृग वाणिज्य संघको चुनावमा प्रजातान्त्रिक प्यानल वाट विजयी उम्मेदवारलाई वधाई तथा उप विजेताहरुलाई सम्मान गरेको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य अर्जुन प्रसाद जोशीले नेपालको निजि क्षेत्रको सवैभन्दा ठुलो संगठन उद्योग वाणिज्य संघमा निर्वाचित सवै सदस्यहरुलाई वधाई ज्ञापन गर्नुभयो । उपविजेताहरुलाई दहे मनोवलका साथ आगामी दिनमा पुन प्रयास गर्न अनुरोध गर्नु भयो । प्रजातान्त्रिक प्यानलमा वाझिएका मनहरुलाई यस पटकको चुनावले एकै ठाउंमा ल्याउन सफल भएको वताउनु भयो । आगामी दिनमा उद्योगी व्यवसायीहरुको मन जितेर प्रजातान्त्रिक प्यानले विजय प्राप्त गर्ने विश्वास व्यक्त गर्दै सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । मुलकमा अराजकता छाएको,संविधान मिचिएको अवस्थामा पर्वतमा भएको प्रजातान्त्रिक अभ्यासले उद्योगी व्यावसायीमा नया उर्जा थपेको वताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्व पार्टी सभापती नवराज गुरुङ,जिल्ला सचिव अशोक उचै ठकुरी,कार्य समिति सदस्य सरस्वती शर्मा जिज्ञाशु,उद्योग वाणिज्य संघ पर्वतका पूर्व अध्यक्ष होम नारायण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
समिक्षा कार्यक्रममा सवै व्यावसायीले निर्वाचनमा भएका राम्रा र सुधार गर्नुपर्नेकुराहरुमा आपनो धारणा राखेका थिए ।
कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार शिवशर्मा पौडेलले चुनवामा सहयोग गर्ने सवै उद्योगी व्यावसायी,राजनैतिक दल,कर्मचारी,सुरक्षाकर्मी,संचारकर्मी सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । चुनावमा प्राविधिक हिसावले हारेपनि उद्योगी व्यवसायीको मनमुटुमा वस्न सफल भएको वताउनु भएको थियो ।
कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस उद्योग व्यापार विभागका केन्द्रिय सदस्य विप्लवजंग हमालले गर्नुभएको थियो भने स्वागत उद्योग वाणिज्य संघका नवनिर्वाचित सदस्य मानसिंह भण्डारीले र संचालन योगराज गिरी वद्रीले गर्नुभएको थियो ।
कार्यक्रममा विजयी उम्मेदवारलाई सम्मान र उपविजेताहरुलाई कदर पत्रले सम्मान गरिएको थियो ।
२३ सय मतदाता भएको पर्वत उद्योग वाणिज्य संघको गत चैत्र ७ गते सम्पन्न चुनावमा वाम र प्रजातान्त्रीक दुई वटा प्यानल वनाएर चुनाव लडेका थिए । २३ सदस्यीय कार्य समितिमा वाम प्यानल वाट अध्यक्ष सहित १६ जना विजेता भएका थिए भने प्रजातान्त्रिक प्यानल वाट ७ जना निर्वाचित भएका थिए ।








