
भारतमा ५३ हजार ४७६ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या १ करोड १७ लाख ८७ हजार ५३४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५१ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ६९२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ ।
सोही अवधीमा यहाँँ कूल सङ्क्रमितमध्ये तीन लाख ९५ हजार १९२ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख ३१ हजार ६५० जना सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म पाँच करोड ३० भन्दा बढीले खोप लगाइसकेका छन् ।








