१० चैत्र
पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी निर्वाचित भएका छन् । मंगलवार विहान सम्पन्न मत गणनामा अधिकारी १ हजार १६ मत प्राप्त गरी बिजयी भएका हुन । उहाँका प्रतिस्प्रर्धी शिव शर्मा पौडेलले ८ सय ९७ मत प्राप्त गरेका थिए । पौडेल भन्दा अधिकारी १ सय १९ मतको अन्तरले बिजयी भएका हुन ।
त्यसैगरी महिला सदस्यमा देवी अधिकारी र माया गिरी बिजयी भएका छन् । २३ सदस्यीय कार्यसमितिको सदस्यहरुमा ठाकुर वि पौडेल, राजकुमार बस्नेत, मानसिंह भण्डारी, दिपेन्द्र गिरी, बिनोद आचार्य, कृष्ण प्रसाद शर्मा ९पोल्ट्री०, रामु शर्मा र कृष्णप्रसाद शर्मा (मेटल),रमेश शर्मा लामिछाने, गणेश लामिछाने, कमलबहादुर जिसी, गणेशकुमार श्रेष्ठ, नारयणबहादुर केसी, प्रदिप तिमिल्सिना, मिनप्रसाद शर्मा, नारायणप्रसाद पौडेल, कृष्णप्रसाद श्रेष्ठ, कमल शर्मा लामिछाने, राजन गुरुङ, शेरबहादुर चोचाङ्गी बिजयी भएका छन् ।
गत शनिवार भएको निर्वाचनमा १ हजार ९ सय ९३ मत खसेको थियो । जस मध्ये ६८ मत बदर भएको थियो ।








