२८ फागुन
पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलको सहमतिमा संसद् सञ्चालन गर्नुपर्ने बताएका छन् ।
पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा १५ श्ययाको नगर अस्पताल शिलान्यास समारोहमा बोल्दै अध्यक्ष तिमिल्सिनाले फेरी पनि संसद् विघटन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिनतर्फ राजनीतिक दल सचेत हुनुपर्ने बताए ।
जनताले पाँच वर्षको लागि म्याण्डेट दिएको प्रतिनिधिसभा बीचमै विघटन गर्नु राम्रो पक्ष नभएको बताउँदै मुलुकको समृद्धिको निम्ती काम गरिरहेको सरकारलाई काम गर्न नदिएर संसद् विघटन गर्नुपर्ने बाध्यता बनाउने दललाई कारवाही गर्नुपर्ने बताए । “अब यो सरकारको म्याद दुई वर्ष रहेकाले आगामी चुनावसम्म संसद् विघटन गर्नुपर्ने अवस्था नआओस् मेरो कामना छ”, अध्यक्ष तिमिल्सिनाले भने ।
कार्यक्रममा जिल्ला समन्वय समितिकासंयोजक मनोहर वि पौडेल,नेपाली कांग्रेसका जिल्ला सदस्य हेमराज सापकोटा,एमालेका मेघनाथ सुवेद,संघिय समाजवादीका ढाकाराम गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए
। कार्यक्रममा स्वागत कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले गरेका थिए भने धन्यवाद मन्तव्य उपप्रमुख सीताकाप्ले लामिछानेले गरेकी थिईन । वडा अध्यक्ष राजेन्द्र पौडेलकोअध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कुश्मा नगरका प्रमुख प्रसाशकिय अधिकृत कुमानसिंह गुरुडले गरेका थिए ।
१५ श्ययाको नगर अस्पताल आगामी १८ महिनामा पूरा हुने छ । रु पाँच करोड १० लाख ३५ हजारको लागतमा बन्ने अस्पताल नागार्जुन निर्माण सेवाले जिम्मा पाएको छ ।








