२५ फागुन
पर्वत । पर्वत जिल्लामा सरुवा भई आउनु भएकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले सकरात्मक परिवर्तनका लागी सवै जातजाती एक भएर कार्य गर्नुपर्ने वताउनू भयो । एकजातीले अर्कोजातीलाई सम्मान गर्नुपर्ने वताउदै जातिय तथा धार्मीक सहिष्णुताले नै सामाजिक एकता कायम हुने वताउनू भयो । क्षत्री जाती निडर,साहसी र ईमान्दार भएको वताउनू भयो । प्रशासनिक तवरवाट शान्ति सुरक्षा र अमनचयनका लागी सधै खट्ने वताउनु भयो ।


आज एक कार्यक्रमका विच क्षत्री समाज पर्वतले स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरको छ । उहा सगै शसस्त्र प्रहरी वल २५ नम्वर गणका गणपती विजय कुमार के सी,केवल जंग गुल्मका गुल्मपती रमेश थापा,जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारी,राष्ट्रिय अनुसन्धान पर्वतका कार्यालय प्रमुख ज्ञानमणी पाण्डे,कृषि ज्ञानकेन्द्र पर्वतका कार्यालय प्रमुख मनिता थापालाई पनि स्वागत गर्दै सफल कार्यकालका लागी शुभकामना व्यक्त गरेको छ ।


कार्यक्रममा क्षत्री समाज गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष ईन्द्रमान खत्री,क्षत्री समाज पर्वतका वरिष्ठ उपाध्यक्ष ज्ञान वहादुर भण्डारी,उपाध्यक्ष सरस्वती भण्डारी,उपाध्यक्ष मानसिंह भण्डारी,कोषाध्यक्ष नवराज भण्डारी,सल्लाहकार वसन्त वहादुर सिके,हिम वहादुर पौडेल क्षत्री,चन्द्र वहादुर क्षेत्री,गण्डकी प्रदेशका सदस्य सुवेदार खड्क वहादुर कार्की, लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।


कार्यक्रमको अध्यक्षता क्षत्री समाजका अध्यक्ष कृष्ण वहादुर क्षत्रीले गर्नुभएको थियो भने संचालन सचिव गणेश वहादुर क्षेत्रीले गर्नुभएको थियो ।
क्षत्री समाजको कार्यालय पर्वतमा भएको कार्यक्रममा समाजका विभिन्न उपसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।