२४ फागुन
पर्वत । नीजि ब्यापारीहरुको संस्था पर्वत उद्योग बाणिज्य संघको अध्यक्ष पदमा गोपी अधिकारीले उमेदवारी घोषणा गरेका छन् । संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका अधिकारीले संघको अध्यक्षमा उमेदवारी दिने जनाएका छन् ।
पत्रकारभेटघाट कार्यक्रम राखी अधिकारीले आफु साझा र समावेसी उम्मेदवार रहेको जनाएका छन् । उनले आफु निर्वाचित भएमा कुश्मा नगरपालिका वडा नं. ५ वडागाउंस्थित निर्माणधिन खेलकुदमैदानलाई पुर्णता दिने र केदारनाथ शर्माको कार्यकालमा जम्मा गरेको ६१ लाखको अक्षयकोषलाई १ करोड पुराउने घोषणा गरेका छन् ।
नेकपाका दुवै खेमाका नेताहरुलाई साची राखेर २२ गते उमेदवारी घोषणा गरेका अधिकारीले हिजो भने पत्रकारको जिज्ञासामा आफु साझा उमेदवारभएको दावि गरेका थिए ।
उक्त पत्रकार भेटघाट कार्यक्रममा पूर्व अध्यक्ष हरिओम शर्मा लामिछाने लगायतले आपनो भनाई राखेका थिए । कार्यक्रमको अध्यक्षता चुनाव प्रचार प्रसार समितिका संयोजक पूर्व अध्यक्ष मिन प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन उद्योग उपाध्यक्ष ठाकुर वि पौडेलले गरेका थिए ।
यता प्रजातान्त्रिक व्यवसायिक प्यानलको नेतृत्व गदै शितलडेरी उद्योगका संचालक शिव शर्मा पौडेलले अध्यक्षको उम्मेदवारी घोषणा गरि व्यावसायीको घर घरमा भोट माग्न गईसकेका छन् । उनि विगत ६ वर्ष देखी उद्योग वाणिज्य संघको उपाध्यक्ष हुदै हाल कार्यसमिति सदस्य पदमा कृयाशिल रहेका छन् ।
पर्वतको निजि क्षेत्रको ठुलो व्यपारिक संस्थाको नेतृत्व लिनका लागी दुई प्यानलको प्रतिस्प्रर्धा हुने देखिएको छ ।
Home Flash News निजि क्षेत्रको ठुलो संस्था पर्वत उद्योग वाणिज्य संघको अध्यक्षमा अधिकारीको उम्मेदवारी








