२३ फागुन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले जवरजस्ती अध्यादेश पेश गरेपसिछ कांग्रेस सांसदहरुले बैठकमै नारावाजी गरेका छन् ।
सरकारले ल्याएको अध्यादेश फिर्ता गर्न माग गर्दै कांग्रेस सांसदहरुले बैठकमा नारावाजी गरिरहेका हुन । उनीहरु सिटबाट उठेर अगाडी आएका छन् ।
संवैधानिक परिषद सम्बन्धी अध्यादेश सरकारले संसदमा पेस गरेपछि कांग्रेस सांसदहरुले संसदभित्र नाराबाजी गरेका हुन् ।यसअघि बैठकमा धारणा राख्दै काग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले ल्याएको अध्यादेश खारेज गर्न माग गरेका थिए ।








