२२ माघ
पर्वत । कुश्मा नगरपालिका २ खुर्कोट निवासी वोनम्यारो वाट पिडित विरामी नन्दकुमारी गिरीको उपचारका लागी सहयोग संकलन तिव्र भएको छ । खुर्कोटमा जन्मेर जापानमा रोजगारीका लागी गएका राम वास्तोला तथा पर्वत सेवा समाज जापानको पहलमा १ लाख ६२ हजार १ सय वयासी रुपैया संकलन गरि पठाएका छन् । हिजो एक कार्यक्रमका विच नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य अर्जुन प्रसाद जोशीले विरामीका पति गणेश गिरीलाई हस्तान्तरण गर्नु भयो । रकम हस्तान्तरण पश्चात जोशीले आपनो गास काटेर सहयोग गर्ने प्रदेशी नेपालीहरुलाई धन्यवाद दिनु भयो । नेपालीको धार्मीक परम्परा अनुसार पनि एक नेपालीलाई अप्ठ्यारो पर्दा अर्को नेपालीले सहयोग गर्ने चलन रहेको छ । आज विरामीको उपचारमा आर्थिक अभाव नहोस भनि यसै गाउंमा जन्मेर रोजगारीको शिलशिलामा जापान पुगेका नेपालीहरुले ठुलो ह्ृदयका साथ उक्त रकम संकलन गरेको वताउनु भयो । यसै गरि अन्य दाजुभाई दिदि वहिनीहरुले पनि विरामीलाई सहयोग गर्न आग्रह गर्नुभयो ।


उक्त कार्यक्रममा नेपाली कांग्रेसका पूर्व पार्टी सभापती नवराज गुरुङ,कुश्मा नगरपालिकाका उप प्रमुख सीता काप्ले लामिछाने,कुश्मा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष यदुनाथ शर्मा वास्तोला लगायतको उपस्थिति रहेको थियो । उक्त सहयोग हस्तान्त्रण कार्यक्रमको संचालन लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादुर क्षेत्रीले गर्नु भएको थियो ।
सहयोग रकम रोजगारीको शिलशिलामा जापान पुगेका ५२ जनाले सहयोग गरेका हुन । नेपालमा रहेका संचारकर्मी अगन्धर तिवारी,मोहन वास्तोला,ज्योतिस कमल सुवेदीले पनि थप सहयोग गरेका थिए । यस भन्दा अगाडी कुश्मा नगरपालिका,पर्वत सेवा समाज लगायत अन्य संघ संस्थावाट ८४ हजार,नेवि संघ हिमालय मा वि वाट ३१ हजार,लायन्स क्लव अफ कुश्मा सिटीवाट २० हजार समेत सहयोग भएको थियो ।


वोनम्यारो प्रत्यारोपणका लागि थप २५ देखि ३० लाख रुपैया लाग्ने भए पछि गिरी परिवारले सवैलाई सहयोगका लागी अनुरोध गरेको थियो । सहयोग गर्ने हातहरु वढिरहेको विरामीका पति गणेश गिरीले वताए ।