२१ माघ
कुश्मा नगरपालका वडा नं. २ खुर्कोटका १ दर्जन भन्दा वढी नेकपा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका कुश्मा नगर समितिका सभापती तथा नगर प्रमुख रामचन्द्र जोशीले साधारण सदस्यता वितरण गरी पर्टी प्रवेश गराएका हुन । पार्टीमा स्वागत गर्दै नगर सभापती जोशीले लोकतन्त्र र विधिको शासन मान्ने पुरानो पार्टी नेपाली कांग्रेस भएकाले यस पार्टीमा सवै अटाउने वताउनू भयो । योग्यता र क्षमता अनुसार अन्य पार्टीवाट आउने व्यक्तिहरुलाई नेपाली कांग्रेस पार्टीले जिम्मेवारी दिने वताए ।
नव प्रवेशीहरुले नेकपा सरकारले विभिन्न झुटा आशा मात्र देखाएर ढाट्ने कार्य गरेकाले उक्त पाटी छोडी नेपाली कांग्रेसमा प्रवेश गरेको वताएका छन् । नेपाली कांग्रेसले नै अवको निकास र विकास गर्ने भएकाले प्रवेश गरेको वताए । नेपाली कांग्रेसको सिद्धान्तमानी पार्टी प्रती ईमान्दार पुर्वक कार्य गर्ने वताएका छन् ।
पार्टी प्रवेश गर्नेहरु हिरा वहादुर क्षेत्री,तुलसी खत्री,अनिशा खत्री,मन कुमारी क्षेत्री,सुरेष नेपाली,प्रेम वहादुर नोपली,सेते नेपाली,रमेश नेपाली लगायत रहेका छन् ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय समिति सदस्य तिल प्रसाद भण्डारी,ट्रेड युनियन कांग्रेसका अध्यक्ष सुरेन्द्र केसी,कुश्मा नगरपालिका वडा नं. २ का नेपाली कांग्रेसका पर्टाी सभापती कालिभक्त शर्मा,कुश्मा नगरपालिका वडा नंं ८ का अध्यक्ष राजकुमार क्षेत्री,वडा नंं ४ का अध्यक्ष मिना कर्मचार्य,वडा नं. २ का अध्यक्ष यदुनाथ शर्मा वास्तोला,कर्मचारी युनियन संघका अध्यक्ष यम प्रसाद शर्मा,लोकतान्त्रीक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादुर क्षेत्री,नेपाली कांग्रेस कुश्मा नगर समितिका कोषाध्यक्ष शिवराज शर्मा,नगर सदस्य कालिका प्रसाद शर्मा,वडा नं. २ का वडा सदस्य शान्ति शर्मा कुमाल,जिल्ला मजदुर संघका अध्यक्ष पुश्कल शर्मा,नेपाली कांग्रेस वाड नं. २ का सहसचिव नारायण गिरी,नेवि संघ हिमालय माविका सभापती विवेक गिरी लगायतको उपस्थिति रहेको थियो ।