२० माघ
काठमाडौं । म्यानमारमा भएको सैनिक ‘कु’ को विरोध गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ। बृहत् नागरिक आन्दोलनका अगुवाहरुले सोमबार दिउँसो माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।
विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनमा सहभागीहरुले ‘कु’फिर्ता लिन म्यानमारको सेनालाई चेतावनी दिए। प्लेकार्डमा ‘म्यानमारमा नागरिक सर्वोच्चता कायम गर’,‘हामी म्यानमारका जनताको साथमा छौं’,‘सैन्य कु मुर्दावाद’ जस्ता विभिन्न नारा लेखिएका थिए।
म्यानमारमा सेनाले सोमबार बिहान सत्ता कब्जा गरेको हो। सोमबार बिहानै सत्ता कब्जा गरेसँगै सेनाका कमान्डर इन चिफ कमान्डर इन चिफ जनरल मिन आङ हलिङले एक वर्षका लागि संकटकाल घोषणा गरेका थिए। संकटकाल घोषणासँगै सहरका सडकमा सेना परिचान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।









