१८ असोज, काठमाडौं । नेपाली कांग्रेससहितका ६ दल आगामी चुनावमा लोकतान्त्रिक गठवन्धन बनाउन सहमत भएका छन् । यसको गृहकार्य गर्न कार्यदल बनेको छ ।
कांग्रेस नेतृत्वको गठवन्धनमा राजपा, राप्रपा, संघीय फोरम, फोरम लोकतान्त्रिक र राप्रपा प्रजातान्त्रिक रहनेछ ।
एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेलसँगै एकता गर्ने सहमति गरेको भोलिपल्ट कांग्रेसले लोकतान्त्रिक गठवन्धन बनाउन पहल गर्ने निर्णय लिएको थियो ।
लगतै बालुवाटारमा ६ दलको बैठक बस्यो, जसमा चुनावी गठवन्धन बनाउने सहमति जुटेको छ । ‘सिटको बाँडफाँड कसरी गर्ने भनेर सात सदस्यीय कार्यदल बनेको छ’ राजपा नेता राजेन्द्र महतोले भने ।
कार्यदलमा कांग्रेसबाट दुई सदस्य रहनेछन् भने पाँच दलबाट एकएक सदस्य रहनेछन्








