१६ माघ

नेपालगञ्ज । बाँकेमा कोरोनाबाट सिनियर अनमी रमा भारतीको मृत्यु भएको छ। बाँकेको वैजनाथ गाउँपालिकामा कार्यरत ४७ वर्षीया भारतीको कोरोनाबाट आज बिहान मृत्यु भएको हो ।

अनमी भारती माघ १३ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना हुनुभएको थियो । उहाँमा १४ गते कोरोना पुष्टि भएको थियो । भारतीको उपचारका क्रममा आज विहान ५ः२७ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

भारती स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीकी श्रीमती हुनुहुन्छ । यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ।