६ माघ

काठमाडौं ।  काठमाडौंको कलंकीमा कोठा न्यानो बनाउन भन्दै हिटर बालेर सुतेका बेला आगलागी भएर एक वृद्धको मृत्यु भएको छ । खड्का गाउँको एक घरको दोस्रो तलामा हिटर बालेर सुतेका ८६ वर्षीय शिवराम खड्काको जलेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

८६ वर्षीय  खड्का घरको दोस्रो तलामा हिटर बालेर सुतेका थिए । हिटर बालेको बेला विद्युतीय तार सर्ट भएर आगलागी भएको प्रहरीको भनाई छ ।
रातीमा केही जलेकोजस्तो गन्ध आएपछि परिवारका अन्य सदस्यले खड्का सुतेको कोठाभित्र हेर्दा शरीरको अधिकांश भाग जलेको अवस्थामा खड्का मृत भेटिएको प्रहरीलाई जानकारी दिएका छन ।