३ माघ
पर्वत । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस कुश्मा नगर समितिले कुश्मा वजारमा विशाल विरोध सभा सम्पन्न गरेको छ । कुश्मा नगरका १४ वटै वडा वाट नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । लोकतान्त्रिक चोकवाट शुरु भएको विरोध-यालीले शिवालय चोक परिक्रमा गरि आचार्यचोकमा आई विरोध सभामा परिणत भएको थियो ।
त्यसै गरि जलजला गाउंपालिकाको विरोध सभालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले संवोधन गर्नुभएको छ । जिल्लाका सवै स्थानिय तहमा जिल्लास्तरका नेताहरुले संवोधन गरेका छन् ।

कुश्मामा भएको विरोध सभालाई सम्वोधन गर्दै प्रतिनिधि सभाका सदस्य तथा नेपाली कांग्रेस पर्वतका पुर्व पार्टी सभापती लालकाजी गुरुङ्गले केपि ओली सरकारले संविधानकोे कुनै धारामा उल्लेख नै नभएको अधिकार प्रयोग गरि असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन गर्न सिफारीस गरेको आरोप लगाउनु भयो । कांग्रेसको केन्द्रिय समितिले सर्वसम्वत गरेको निर्णयको आधारमा आज मुलुकका ७५३ स्थानिय पालिकामा विरोधका कार्यक्रम गरेको जानकारी गराउनु भयो । नेपाली कांग्रेसले केपी ओलीले मिचेको संविधान ट्«याकमा नल्याए सम्म चुनावमा जान नहुने धारणा राख्नू भयो । प्रतिनिधि सभा पुनरस्थापना नभए सम्म संविधान ट्«याकमा नआउने वताउनु भयो । त्यसकारण कांग्रेसले प्रतिनिधि सभा विघटन भए चुनावमा जाने र नभए संसदमा जाने भन्ने ढुलमुले तर्क नराखी प्रतिनिधि सभा पुनस्थापनामा अडान लिनु पर्ने वताउनू भयो ।

कार्यक्रममा महासमिति सदस्य वसन्त वहादुर सिके,महाधिवेशन प्रतिनिधि एवं कुश्मा नगरका उप प्रमुख सीता काप्ले लामिछाने, महाधिवेशन प्रतिनिधि युवराज जोशी,नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य कुल प्रसाद उपाध्याय,पूर्व जिविस उपसभापती रामशर्मा पौडेल,कर्मचारी युनियन संघका गण्डकी प्रदेश संयोजक शिव शर्मा अधिकारी,क्षेत्रिय कार्य समितिका सचिव कृष्ण प्रसाद लामिछाने,वडा नं. ८ का वडा अध्यक्ष राजकुमार क्षेत्री,वडा नं. ५ का वडा अध्यक्ष चित्रकला भारती शर्मा,नेपाल महिला संघका सभापती मुना शर्मा लामिछाने,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादुर क्षेत्री ,शिक्षक संघका उपसभापती गोविन्द प्रसाद पोख्रेल,नेवि संघका पुर्व कन्द्रिय सदस्य मोहन आचार्य,कुश्मा नगर वडा नं.१ का वडा सभापती खगराज शर्मा,कुश्मा नगर दलित संघका अध्यक्ष सन्तोष वि क,नेवि संघका नगर सभापती प्रदिव पोख्रेल लगायतले विरोध मन्तव्य राखेका थिए ।

कार्यक्रममा कुश्मा नगर वडा नं. ११ का ईश्वरी प्रसाद शर्माले कविता मार्फत केपी ओलीले गरेका विकृतिको वारेमा सचेत गराएका थिए ।
कार्यक्रम कुश्मा नेपाली कांग्रेस कुश्मा नगरका सभापती एवं कुश्मा नगर प्रमुख रामचन्द जोशीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन नगर सचिव सुरेन्द्र के सी ले र स्वागत नगर कोषाध्यक्ष शिवराज शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा परित्याग गरि ५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । आज नै पर्वत जिल्लाका ७ वटै स्थानिय तहमा विरोध कार्यक्रम संपन्न भएका छन् ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।








