११ असोज बारा । बाराको कलैया उपमहानगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।
मेयरमा नेपाली काँग्रेसका मेयरका उम्मेदवार राजेश राय यादव १०९०३ मतका साथ विजयी भएका हुन् ।
उनले एमालेका प्रतिद्धन्द्धी विनोद शाहलाई पछाडि पारे । शाहले १०७१६ मत ल्याएका थिए ।
उपमेयरमा पनि काँग्रेसकी रहिमा खातुन विजयी भइन् । खातुनले १०५३८ मत ल्याइन् ।
खातुनले एमालेकै निकटतम प्रतिद्धन्द्धी प्रतिमा यादवलाई हराइन् । यादवले १०३७२ मत ल्याइन् ।
योसंगै अब दुई तहको मतपरिणाममात्र आउन बाँकी रहेको छ । पर्साको वीरगञ्ज महानगरपालिका र सप्तरीको राजविराज नगरपालिकाको मतपरिणाम आउन बाँकी छ ।
प्रदेश नं २ मा १३४ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको हो । नेपाली काँग्रेसले सर्वाधिक ४० तह जितेर आफूलाई शिर्ष स्थानमा राखेको छ ।
दोस्रो स्थानका रहेको संघीय समाजवादी फोरमले २५ वटा स्थानीय तह आफ्नो पोल्टामा पारेको छ । फोरमको १ स्थानमा अग्रता रहेको छ । तेस्रोमा रहेको राजपाले २४ स्थानीय तह जितेको छ ।
त्यस्तै चौथोमा रहेको माओवादी केन्द्रले २१ स्थानीय तहमा बिजयी भएको छ भने १ स्थानमा आग्रता लिएको छ । पाचौं स्थानमा रहेको एमालेको १८ स्थानमा जीत र १ स्थानमा आग्रता रहेको छ ।
अन्यमा नेपाल लोकतान्त्रिक दलले ३, नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ ।








