१२ असोज

अमेरिकी राज्य टेक्ससको लेक ज्याक्सनका बासिन्दालाई धाराको पानी प्रयोग नगर्न चेतावनी दिइएको छ । उक्त सहरको सार्वजनिक पानी आपूर्ति प्रणालीमा घातक खालको गिदी खाने सूक्ष्मजीव पाइएपछि त्यस्तो चेतावनी दिइएको हो । पानीमा नेग्लेरिया फाउलेरी नामको सुक्ष्म जीव पाएको परीक्षणहरूले पुष्टि गरेको छ ।

बीबीसीका अनुसार त्यस्तो सूक्ष्म जीवाणु अमीबाले दिमागमा सङ्क्रमण गर्नसक्छ र त्यो घातक हुन्छ । लेक ज्याक्सनका अधिकारीहरूले आफूहरूले पानीको आपूर्तिलाई निसङ्क्रमित पारिरहेको र त्यो पूरा हुन कति लामो समय लाग्छ थाहा नभएको जनाएका छन् ।

टेक्ससका आठवटा समुदायहरूलाई शुक्रबार राति नै धारामा आउने पानीको प्रयोग शौचालयमा फ्लसका लागि बाहेक नगर्न भनिएको थियो ।