३ साउन

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिलाई लिएर नेपालीमाथि दुर्वयवहार गर्ने एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतको वाराणसी (बनारस) प्रहरीले जनाए अनुसार पक्राउ पर्ने व्यक्तिको नाम सन्तोष पाण्डे हो ।

सामाजिक संजालमा विश्व हिन्दु सेनाका कार्यकर्ताहरुले बनारसमा एक नेपालीलाई नियन्त्रणमा लिएर बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा ‘श्रीराम’ लेखिदिएको भिडियो भाइरल भएपछी भारतीय प्रहरीले सो घटनामा संलग्नको खोजि शुरु गरेको थियो । घटनाका क्रममा ति नेपली नागरिकलाई उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपालविरुद्ध नारा लगाउन लगाएका थिए ।

त्यो भिडियो विश्व हिन्दु सेनाका अध्यक्ष अरुण पाठकले फेसबुकमा सेयर गरेका थिए । त्यसपछि प्रहरीले पाठकसहितका व्यक्तिहरुविरुद्ध भेलुपुर थानामा एफआईआर दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । सो क्रममा सन्तोष पाण्डे नामका एक जना युवक पक्राउ परेको बनारस प्रहरीले जनाएको छ ।