७ असोज काठमाडौं– दुई नम्बर प्रदेशमा सोमवार भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ ।
हालसम्म ८२ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेस २८ स्थानीय तह जित्दै पहिलो स्थानमा कायम राखेको छ ।
नेकपा माओवादी केन्द्र १४ स्थानीय तह जित्दै दोस्रो स्थानमा रहेको छ ।
यता, संघीय समाजवादी फोरमले १३ स्थानीय तह जित्दा राजपा नेपालले १२ वटा स्थानीय तहमा जीत हासिल गरेको छ ।
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पहिलो बनेको नेकपा एमालेले भने हालसम्म ९ वटा स्थानीय तह मात्र जीत हासिल गर्न सकेको छ ।
सूचि हेर्नुहोस्ः













