यसका कारण विश्व अर्थतन्त्रमा नै ठूलो प्रभाव पर्ने र उच्च गिरावट आउने प्रक्षेपण गरिएको छ । कतिपय विकासोन्मुख देश भोकमरीको चपेटामा पर्ने सङ्केत पनि देखा परिसकेको छ। कोरोना भाइरसको प्रकोपले विकासशील एसियाली अर्थतन्त्रलाई प्रभावित पारेको छ । भाइरसका कारण विकासोन्मुख मुलुक नेपालमा पनि आर्थिक हिसाबले अत्याधिक प्रभाब परेको छ ।नेपालमा पनि हाल कोरोनाबाट संक्रमीण हुनेको सङ्ख्या ९ पुगेको छ जसमध्ये हाल ८ जना उपचाररत छन् भने १ जना पूर्ण निको भएर घर फर्किसकेका छन्। विश्व स्वास्थ्य संगठन (WHO)ले नेपाललाई पनि कोरोनाको उच्च जोखिमयुक्त मुलुकको सूचीमा राखेको छ । ।कोरोनाको कहर बिश्व व्यापी रुपमा फैलन थाले पछि नेपालमा चैत ११ गतेदेखि लकडाउनलाई लागु भएको छ जुन लकडाउनको अवधि लम्बाइएर २०७७ बैशाख ३ गते मध्यरातमा सम्म पूर्याइएको छ भने बैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान प्रतिबन्धित गरिएका छन्। सरकार पनि कोरोनाको जोखिम न्यूनीकरणमा व्यस्त देखिन्छ संकटको समयमा जोखिम न्यूनीकरण तथा आपूर्ति सहजीकरणमा लाग्नुपर्ने निजी क्षेत्र भने कोरोना प्रभावित भन्दै सरकारसँग छुट, सुविधा तथा सहुलियत माग्न उद्यत देखिएका छन्। लकडाउन सङ्गै नेपालका वेय्पार,वेवासय,उधोग धन्दा
यातायात थप्प भएका छन र अन्तराष्टि्य सिमा नाका मा पनि रोक लगाइएको जसले गर्दा नेपालको अर्थतन्त्र र आर्थिक अवस्थामा चुनौती देखा परेको छ। चीनबाट सुरु भएको भाइरसका कारण नेपालको अर्थतन्त्रमा ठूलो नोक्सानी हुने पक्कापक्की भएको छ । नेपाल चीनबीच हुदै आएको व्यापारघाटामा झन विकाराल अबस्था हुने अनुमान गरिएको छ। नेपालको अर्थतन्त्रमा कोरोनाको प्रभाव फागुन महिना देखि देखिन थालेको हो । रेमिट्यान्स आय, मूल्यवृद्धि र आर्थिक वृद्धिदरमा कोरोनाको प्रभाव बढ्ने निश्चित छ ।
नेपालको आन्तरिक तथा बाह्य ब्यापारको क्षेत्रमा उच्च गतिको गतिरोध उत्पन्न हुने कुरामा कुनै आशंका रहने छैन । किनकि चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ८ दशमलव ५% को हाराहारीमा राख्ने लक्ष्य लिएता पनि सम्भावित संक्रमणको प्रभाव पर्न गएको खण्डमा अवरोध उत्पन्न भई लक्ष्य अनुसारको प्रगती हासिल गर्न अवश्य पनि कठिनाई उत्पन्न हुनेछ।नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक एक प्रतिवेदन अनुसार व्यापार तथा कर्जा प्रवाहमा संकुचन आएको, रेमिट्यान्स घटेको र बजार भाउ बढेको जनाएको छ ।
बैंकले समिक्षा मार्फत कोरोनाबाट प्रभावित हुनसक्ने व्यवसायी ऋणीलाई सहुलियत दिने जनाएसंगै सो भाइरसका कारण देशको अर्थतन्त्र उच्चरुपमा गिरावट आउने अनुमान गरेको छ।
कोरोनाकै कारण सरकारले नेपाल भ्रमण वर्ष २०२० मा धक्का लागिसकेको छ जसले गर्दा थप चुनौती नेपाललाइ परेको देखिन्छ।कोभिड-१९ को कारण कूल आन्तरिक कर्जा २.९ % ले बढेको छ । गत बर्षको तुलनामा कूल आन्तरिक कर्जाको वृद्धिदर ७.४% ले घटेको छ । गत वर्ष कूल आन्तरिक कर्जा १०.३% ले बढेको थियो । त्यस्तै बैंक तथा बित्तीय सस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जामा समेत ५.१% ले कमी आएको छ ।पोखरा तथा भैरहवा विमानस्थल, सडक, पुल, सिँचाइ, खानेपानी, दुरसञ्चार, सरकारी र निजी क्षेत्रका जलविद्युत आयोजनामा चिनियाँ निर्माण कम्पनीले जिम्मा लिएको र कोरोनाकै कारण अहिले ति आयोजनाहरुको काम बन्द रहेको छ ।
तसर्थ यी सबै कुरालाइ मध्येनजर गर्दा नेपालमा कोरोनाको कारण आर्थिक अवस्थामा चुनौती देखा पर्ने पक्का पक्कि छ।








