२७ साउन
जनकपुरधाम । परीक्षा अगाबै प्रश्नपत्र बाहिर ल्याएको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ परेको छ । एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गरेको आरोपमा जनकपुरधामबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
परीक्षाबाट सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र आउट गरी फोटोकपी गराई रहेकै समयमा प्रहरीले ३० वर्षीय लीलाराज शिव भक्तिसहित पाँच जनालाई पक्राउ गरेका छन् । राम सागर रामस्वरुप बहुमुखी क्याम्पसमा एमबीएस प्रथम सेमेस्टर अन्तरगत तथ्याङ्क शास्त्र बिषयको परीक्षा हलबाट प्रश्नपत्र आउट भएको धनुषाको प्रहरी उपरीक्षक शेखर खनालले बताए ।
स्थानीय सुजितकुमार मण्डलको फोटोकपी सेन्टरमा फोटोकपी गरिरहेको अवस्थामा प्रहरीले गोप्य सुचनाको अधारमा उनीहरुलाई पक्राउ गरेको हो । प्रश्नपत्र बाहिर ल्याउने घटनामा संलगनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर अनुसन्धान अगाडी बढाएको छ ।








