२५ भाद्र काठमाडौ । काठमाडौं जिल्ला अदालतका तामेलदार सूर्यप्रकाश परियार घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको भन्दै परियारलाई पक्राउ गरेको हो ।
म्याद तामेल गर्नका लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा आयोगको टोलीले परियारलाई पक्राउ गरेको हो । सेवाग्राहीसँग ३५ हजार लेनदेनको कुरा भइरहेकै बेला उनलाई पक्राउ गरिएको अख्तियारका अधिकारीहरुले जनाएका छन् ।








