१६ साउन
पर्वत । पर्वत जिल्लामा कृयाशिल औषधि व्यवसायी संग उद्योग वाणिज्य संघको समन्वयमा अन्तरकृया सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न कार्यक्रममा प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले पर्वतमा औषधि व्यवसाय वाट लागू औषध जन्य औषधि खूल्ला विक्री वितरण भएको,कन्टासेप्टिक औषधी खूला जस्लेपायो तेसले प्रयोग गरेको त्यसका कारण महिलाहरुमा वाझोपन वढेको,औषधिको मूल्यमा प्रन्टिेट मूल्य मार्करले केरेर थप मूल्य लिएको लगायतका गूनासा आएकाले आज छलफल तथा अन्तरकृया कार्यक्रम आयोजना गरिएको जानकारी गराउनू भयो ।
अन्तरकृया तथा छलफल कार्यक्रममा औषधी व्यवसायीले खूला रुपमा लागू औषध संग सम्वन्धित औषधि नवेचेको डक्टरको रिफर गरेका औषधी मात्र संवन्धित विरामी आएमा मात्र दिने गरेको, मिडियामा प्रचार गरे जस्तो डक्टर सेवा दिन आउने गरेको कुनै दिन नआएमा पूर्व जानकारी विरामीलाई गराउने गरेको व्यवसायीहरुल जानकारी गराएका थिए ।
छलफलमा जिल्ला अस्पताल पर्वतको साझा फार्मेसी संचालनको वारेमा व्यापक गूनासो आएको थियो । डक्टरले औषधी लेख्दा स्पष्ट लेख्नू पर्ने र औषधी सेवनको समय नेपालीमा विरामीले वुभने गरि लेख्नू पर्ने लगायतका सूझाव दिएका थिए । औषधी व्यवसायीले फोहोरको कर कूश्मा नगरले चर्को रुपमा लिएकोमा गूनासो गरेका थिए ।
कार्यक्रममा कूश्मा नगरका प्रशासकिय अधिकृत हरी पंगेनी,कोलेनिकाका प्रमूख,घरेलूविकास कार्यालयका निमित्त प्रमूख विष्णू प्रसाद न्यौपाने,प्रहरी नायव उपरिक्षक श्यामू अर्याल,पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदार नाथ शर्मा,जिल्ला अस्पाल पर्वतका अध्यक्ष गोविन्द पहाडी,घरेलू तथा साना उद्योग महासंघका अध्यक्ष गोपी अधिकारी,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष तथा संचारकर्र्मी गणेश वहाद्रूर क्षेत्री,मेरी स्टोपका कार्यक्रम संयोजक दिपक शर्मा, लगायत औषधि व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
उक्त भेलाले जिल्लामा वढ्दै गएको लागू औषध, कन्टासेप्टिक औषधी र सुरक्षित गर्भपताका लागी मेडिकल औषधी मेडावन,लगायतका औषधि डक्टरको निगरानीमा वाहेक सेवन गर्न विक्री वितरण नगर्ने सहमती भएको छ ।









