१६ साउन
काठमाडौ । स्वर्गद्वारी आश्रमको जग्गाभूमाफियाको योजनाअनुसार केही राजनीतिकदलका नेता, विचौलिया र टाठाबाठा मिलेर हडप्न खोजेको खुलासाभएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी श्री स्वर्गद्वारी आश्रम प्युठानले जग्गा हडप्ने योजनाअनुसार गुठी विधयेकमा गम्भीर विषयहरु समावेश गरिएको समेत बताएको छ ।
श्री स्वर्गद्वारी आश्रमका सचिव ध्रुवश्रीले जग्गामा भूमाफियाको आँखालागेर हडप्ने गतिविधि भइरहेको बताए । उनले भने,‘स्वर्गद्वारी आश्रम जस्तो पवित्रथलोलाई बदनाम गराउनेहरुको खतरनाक योजना छ ।’ २०५८ सालबाट नै राजगुठी बनाउने र जग्गा हडप्ने खेल शुरु भएको जानकारी दिइयो । स्वर्गद्वारी आश्रमले यसलाई रोकेपछि यसका विरुद्ध राजनीतिकदलकाजिम्मेवार नेताहरु नै लागेको बताए । स्वर्गद्वारी नेपालभित्र र बाहिरका हिन्दुहरुको पवित्रती र्थस्थल भएकाले यस माथिप्रहार गर्ने हरुबाट सरकार र आम नागरिक सचेत हुनुपर्नेमा जोड दिए ।
पत्रकार सम्मेलनमा सरकारले आश्रमको जग्गाजोगाउन लाग्नुपर्नेमा उल्टै भूमाफियालाई सघाउ पुग्ने गतिविधिगरिरहेको आरोप लगाए । सरकारकै गतिविधि ठिक नभएको भन्दै यस प्रतिदुःखलागेको बताए । बाहिरबाट देख्दा स्वर्गद्वारीको जग्गा धेरै भनिएपनिअधिकांशले आश्रमलाई तिर्नुपर्ने कुतनतिरिरहेको बताए । कुतनतिर्दा आश्रम संचालनमा कठिनाई भइरहेको बताए ।
आश्रमको आफ्नै जग्गाजमिनको लालपूर्जाको प्रमाण रहेको बताए । आश्रम स्थापनागर्ने श्रीमहाप्रभुले विभिन्नव्यक्तिहरुसँग जग्गाखरिद गरी स्वर्गद्वारी आश्रम बनाएको बताए । उनले भने,‘कसैको जग्गा हडपेको होइन, खरिद गरिएको हो । २०३० सालयता १२ सय बिघा जमिनको लालपूर्जा आफूहरुसँग रहेको बताए ।
दाङसहित ११ सय बिघाहा जग्गामध्ये सम्पूर्ण मौजामा २८९ जनामोही रहेको र प्रतिवर्ष आश्रमलाई प्राप्तहुनुपर्ने धान १८१५ क्विन्टलमध्ये निकै कम मात्रप्राप्त हुनआएको उल्लेख गरिएको छ । मौजाको कुतनतिर्न केही राजनीतिक दलका नेताले चलखेल गरिरहेको समेत उल्लेख गरिएको छ । वार्षिक ६ करोड खर्च हुने स्वर्गद्वारी आश्रम संचालनमा निकै कठिनाई भइरहेको बताए । दुईलाखभन्दा बढी भारतीयभक्तजनहरुको दानदक्षिणाबाट आश्रमले भरथेग पाइरहेको जानकारी दिइयो ।
विं सं १९८३ सालदेखि १९८३ सालसम्मदाङको दउेखुरी स्वर्गद्धारीकानाममाजग्गाकिन्न सुरु गरेको र जग्गाको लालपुर्जासुरक्षित रहको कुरा कार्यक्रमकाआयोजकधुव्र सिंहले बताए । कार्यक्रममाउनले २०६४ सालसम्म सबै माहीहरुले जग्गाको आयस्ताबुझाउदै आएका र २०६० साल पछाडी ४०प्रतिशतमोहीले मात्रआयस्रोत बुझाएको बताए ।