१५ साउन

काठमाडौं, पूर्वीको इलामका एक ब्यक्तिले एउटा स्टाटस सार्वजनिक गरेका छन् । आइ मिस यु नामको फेसवुक पेजमा एउटा स्टाटस सार्वजनिक भएको छ । जसमा एक जोडीको तस्बिर राखिएको छ । उनले लेखेको स्टाटसवाट के बुझिन्छ भने पूर्वका एक पशुअधिकारकर्मी उत्तम दाहालको मृत्यु भएको तीन दिन पछि नै उनकी श्रीमतीको पनि मृत्यु भएको छ ।

उत्तम बिरामी हुँदा देखि नै उनकी श्रीमतीले भनेको कुरा सहित उनले स्टाटसमा उल्लेख गरेका छन् की श्रीमतीले उत्तम यो संसारमा रहेनन् भने म पनि रहनेछैन भनेर उनकी श्रीमतीले भनेकी थिइन् । नभन्दै उत्तमको मृत्यु भएको तीन दिनमा नै उनकी श्रीमतीको पनि मृत्यु भएको छ । स्टाटसमा उनीहरुको ठेगाना भने उल्लेख छैन । उनीहरुको ७५ दिनको नाबालक बच्चा पनि छ । उनले लेखेको स्टाटस यस्तो छ । तस्बिर बोल्ने मात्र होइन कहिलेकाही बेस्सरी चिच्याउछ पनि उत्तम दाहाल मृत्यु भएको लगतै श्रीमतीको पनि मृत्यु भएको खवरले अति नै दुःखी बनायो ।