१४ साउन
दाङ – ईलाका प्रहरी कार्यालय गढवाले दाङ्गको राजपुरमा एक बालिकाले जन्म दिएकि बच्चाको बुवा पत्ता लगाएको छ । सुत्केरी बालिका अनु चौधरी नाम परिबर्तन ले जन्म दिएकि बच्चाको बुवा पत्ता लाग्न सकेको थिएन ।
पिडित पक्षले दिएको जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक गिरिराज भण्डारीको नेत्रत्वमा खटिएको टोलिले साउन ९ गते अभियुक्त मान बहादुर चौधरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका राजपुर गाउँपालिका वडा नम्बर ४ रोईनिया निवासी ६५ बर्षिय मानबहादुर चौधरीले उक्त बच्चा आफ्नै भएको स्विकार गरेका छन् । चौधरीले ९ महिना अघि सुत्केरी अनुलाई ललाई फकाई गरि जँगलमा करणि गरेको बयान दिएका छन् । प्रहरीले आधिकारिक पुष्टिका लागि अझै १० दिनको म्याद थप गरि अनुसन्धान शुरू गरेको छ ।
चौधरीले बोलेका कुरालाई मात्र आधार मानेर आधिकारिक पुष्टि हुन नसक्ने भन्दै थप १० दिनको म्याद थप गरि कडा अनुसन्धान गरिने ईलाका प्रहरी कार्यालयका प्रमुख गिरिराज भण्डारीले जानकारी दिए ।
अदालतमा पुगेपछि पिडकले कुरा फेर्न सक्छन्, त्यसैले कडा अनुसन्धान गर्न लागिएको हो प्रमुख भण्डारीले भने९पुष्टि भए १४ बर्ष सम्मको जेल सजाए हुनेछ ।
जेल सजाए सँगै पिडित पक्षलाई क्षतीपुर्ती भराउने र बच्चाको पालन पोषणमा लाग्ने खर्च अभियुक्त चौधरीले व्यहोर्नु पर्ने कानुनि प्राबधान रहेको प्रहरी निरिक्षक भण्डारीले बताए ।
सुस्तमनस्थिती भएकि अनुले जन्म दिएकि बच्चाको पढाइ खर्च सरकारको हुने उनले जानकारी दिए ।
अनु यसरी बनिन आमा
कलिलो उमेरमै राजपुर गाउँपालिका वडा नम्बर ४ रोईनिया निवासी १४ वर्षीय अनु बिबाह बिनानै आमा बनेकि छिन् । जन्मिएको बच्चालाई स्याहार, सुसार गर्ने चेत सम्म छैन उनमा । किनकि उनी आफै एक बालिका हुन् ।
विगत छ बर्षको उमेरदेखी चौधरी अर्धचेत अवस्थामा छिन् । अलि स्पष्टता छैन बोलीमा । चौधरीको दिमागले पनि कुनैबेला भेउ पाउँदिन । दाङ्गको राजपुर गाउँपालिका वडा नम्बर ४ रोईनिया निवासी १४ बर्षिय अनु चौधरी अविबाहित मै एक सन्तानको आमा बनेकि हुन् । अनुले गत असार अन्तिममा छोरीलाई जन्म दिएकी हुन् ।
खरले छाएको सानो झुपडी । एकदिन काम नगरी घरको चुलो बल्दैन । एउटा गरिब परिवार । गरिबी जिन्दगी गुजारेका सुर्यबहादुर चौधरीका दुईछोरा र दुईछोरी छिन् । सन्तानको आमा बनेकी अनु सुर्यबहादुरकोे जेठि छोरी हुन् । आम्दानीको श्रोत भनेको ज्याला मजुरी हो । घरमा कमाउने अरु कोही छैन । बाल बच्चा सबै साना छन् ।
निकै दयनिय अवस्था छ चौधरीको । साँझ बिहानको छाक टार्ननै सकस । अरुको घरमा ज्यालामजदुरी गर्ने सूर्यबहादुर चौधरीले आफ्नै परिवारमा यस्तो बज्रपात पर्ला भनेर सोचेको पनि थिएनन् । कहाँ गएर रिपोर्ट गर्ने सम्म जानकारी नभएका चौधरीले अहिले न्यायको आभाष भएको बताए ।









