१० साउन
पर्वत । पर्वत जिल्लाको कूश्मा वजार वाट लागूऔषध सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा साविक बनौ गा.वि.स.वडा नं ९ बनौ, हाल जलजला गा.पा.वडा नं ९ बनौ घर भएका २४ बर्षका विश्व गर्वुजा मगरलाई लागु औषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनूभयो ।
मगर कुश्मा न.पा. वडा नं. ६ स्थित पाङराङ होटलमा कोठा लिई बसेका थिए । सूराकीको आधारमा कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको लागु औषध सहित पक्राउ गरिएको हो । लागू पदार्थ नोफिन – २६ एम्पुल, डिजापाम- २६ एम्पुल र फानिगाम – २६ एम्पुल गरी जम्मा ७८ एम्पुल र नगद सात हजार नौ सय विस सहित पक्राउ गरिएको थियो ।

आजै जिल्ला अदालत पर्वत वाट १० को म्याद लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।









