५ साउन

सचिन्द्र श्रेष्ठ, झलक्क हेर्दा बलिवुडका रणबीर जस्ता देखिने रिवाजको पहिलो गीत ‘फोन आयो’सार्बजनिक भएको छ। सानै देखि अभिनयमा रुचि रहेका रिवाजले आज सम्म कुनै पनि इंस्टीट्यूटमा गएर डान्स नसिकेका रिवाजले २०७१ मा प्रतिभाको आँगन मार्फ़त आफ्नो कलाकारिता सुरु गरेका हुन।
२०७३मा मि.लुम्बिनीको मल्टी टेलेंटको ताज जीते सँगै रिवाजले अहिले आफ्नै कोरियोग्राफरमा उक्त गीत निकालेका छन। दिनेश सुवेदी को शब्द रहेको बाबुल गिरि र सङगिता बर्माको आवाजमा ‘फोन आयो’ गीतलाई बाबुल गिरीकै संगीत संयोजनले भरिएको यो गीतमा रिवाज सिद्धार्थ गौतम, ममता लामा मनीषा र सचिन दहालको अभिनय देख्न सकिन्छ।
भिडियोलाइ मनोरञ्जनात्मक तरिकाले खिचेका अरोन अशोक कुमारलेनै निर्देशन गरेका छन। लक्ष्मण सुनारको सम्पादनमा ए जे को प्रस्तुति रहेको भिडियोलाई ड्रैगन पिक्चर्सको पोस्ट प्रोडक्शन रहेको छ।