५ साउन
काठमाडौं, चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोख्रेलमाथि बहुबिवहाको मुद्दा परेको छ । छविराज ओझाकी पहिलो पत्नी हेमा ओझाले उनिहरुबिरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी हुन । आफूलाई झुक्काएर पति छवि ओझा र शिल्पाले अर्को बिवहा गरेको भन्दै ओझाले महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी छन् ।
जाहेरीमा लेखिएको छ–‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरा श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा पनि मैले श्रीमान् छवि ओझासँग सोध्दा के छ प्रमाण भन्ने प्रतिपश्न पाएको थिए । मैले पनि प्रमाण कतै भेटिनँ, बिहे दर्ता कहीँ कतै भएको रहेनछ । पछिल्लो समयमा निज शिल्पा र मेरा श्रीमान्ले विवाह गरि दर्ता नै गरेको विवाह दर्ताको कागजातको फोटोकपी फेला पारी सोही आधारमा मसँग सम्बन्ध कायम रहँदा रहँदै पति छविराज ओझाले छोरी सरहकी शिल्पासँग बिवहा गरेकोले उनीहरूलाई प्रचलित कानुन अनुसार बहुविवाहको कसुरमा कारबाही गर्न माग गरेकी छन् ।
ओझाले जाहेरी दिएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले जानकारी दिए । सिंहले भने ‘उहाँले जाहेरी दिनुभएको छ अहिले हामी सोही विषयमा सल्लाह गर्दैछौं । जाहेरीमा उल्लेख भएअनुसार कारबाही गर्नुपर्ने देखिए नियन्त्रणमा लिएर कारबाही मुद्दा चलाउछौं ।









