४ साउन
काठमाडौँ – अहिले घटना बाहिर आएपछि उहाँ ५५ वर्षको बूढो भनेर हिँडिरहनुभएको छ । ५५ वर्षको बूढोले लभ गर्ने वेला ‘ल नानी म ५५ वर्षको बूढो, छोरी होस् तँ’ भनेको भए पनि त हुन्थ्यो नि । अहिले आएर सहानुभूति पाउनका लागि किन बूढो भन्नु ?
म छविजीलाई फिल्म खेल्न दिनुस् भनेर गएकी होइन । उहाँले बारबार मलाई अनुरोध गर्नुभएको हो । अनि कुरा गर्न ममीलाई लिएर गएकी थिएँ । उहाँले फिल्म खेलाइरहनुहुन्छ भनेर विवाह गरेकी पनि होइन । त्योभन्दा अगाडि तीनवटा फिल्म गरिसकेकी थिएँ । मैले फिल्म पाउनलाई विवाह गर्नुपर्छ भन्ने छैन ।
हेर्नू होस भिडियो








