४ साउन

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व कर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले ६ तलाबाट हामफालेर आत्महत्या गरेका छन्। कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको परीक्षणमा अनियमितता आरोप लागेका रामबहादुर पाण्डे क्षेत्रीले आत्महत्या गरेका हुन्।

पाण्डेले बिहिबार दिउँसो त्रिपुरेश्वरको राधा भवनको छैटौं तलाबाट हाम फालेर आत्महत्या गरेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए।

उनले आफन्त र नजिकका मान्छेलाई उत्तीर्ण गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको थियो। अख्तियारले दुई साताअघि पाण्डेसहित १० जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।