१६ असार
काठमाडौँ – पछिल्लो समय तिजका गीत बजारमा अाउने क्रम चलिरहेको छ । यसैक्रममा गायक सुर्य खड्का र गायिका देवि घर्ती मगरको “सितारा टिलिक्क” बोलको तीज गीत सार्वजनिक भएको छ ।

गायक सुर्य खड्काको नै शब्द तथा संगीत रहेको उक्त गीतमा बिनोद बाजुरालीको एरेंज रहेको छ । नारीहरुको महान् चाड तीज गीतमा दुई प्रेमी बिचको मायाको भाव समावेश गरिएको छ भने मायालुलाई नाच्न र रमाउन भनिएकोछ ।

अहिले निकै चर्चामा रहेको जोडी प्रकाश सपुत , अन्जली अधिकारी र साथमा रीना थापाको समेत अभिनय रहेको उक्त गीतको भिडियो करण चैसिरले छायाँकन गरेका हुन् भने स्मृति तिमिल्सिना (गुरुआमा)को कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रकाश धमलाले संपादन गरेका छन्।

हेर्नुहोस भिडियो