१७ भाद्र सय करोड सम्पत्तिको मालिक नबन्दै किन विदेश भागे बलात्कारी बाबाका छोरा जसमित ? बलात्कारको आरोपमा दोषी ठहर भएका बाबा राम रहिमलाई अदालतले २० वर्षको जेल सजाय सुनाएको छ।

उनी जेल परेपछि १०० करोडको सम्पत्तीको हकदार को भन्ने बन्ने बारेमा छलफल राम रहिको परिवारमा छलफल भएको थियो। राम रहिमको पैतृक गाउँ गुरुसर मोडियामा उनका परिवारले सम्पत्तीको विषयमा छलफल गरेका थिए।

उक्त छलफल मार्फत नयाँ डेरा प्रमुख जसमित सिंहलाई बनाउने भन्ने बारेमा करिब सहमति भइसकेको थियो। तर जसमिन सम्पत्तीका मालिक नबन्दै विशेग गएपछि उनको चर्चा चुलिएको छ। जसमित बाबा राम रहिमका छोरा हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार जसमित क्यानडा गएका छन्। केही दिन पहिले उनले आफ्नो फेसबुकमा क्यानडाबाट एक तस्वीर पोस्ट गरेका थिए। भारतीय सञ्चारमाध्यमले भने उनी सम्पत्तीको मालिक बन्नु भन्दा पहिलै विदेश भागेको आरोप लागेका छन्।

त्यस्तै बाबाका चेता आदित्य इन्सा र सुरेन्द्र धिमानमाथि भने दंगा भड्काउने आरोप लागेको छ। उनी पनि देश छोडेर भाग्ने तयारीमा थिए। तर प्रहरीले सुचना जारी गरेर उनलाई चारैतिरबाट निगरानीमा राखेको थियो।

उनले केही समय अघि बाबा राम रहिमलाई डेरा छोडेर जाने धम्की दिएका छन्। अगष्ट २५ मा अदालतले फैसला सुनाउनु अघि राम रहिम र छोरा जसमितबीच चर्चाचर्की भएको थियो। उक्त विवादमा उनले उक्त डेरा छोडेर आफ्नो पैतृक गाउँ जाने धम्की दिएको समाचारमा उल्लेख छ। उक्त विवाद पछि परिवारमा दरार पैदा भएको थियो। काभ्रेखवर वाट