k|d cf]nL –;Daf]wg k|wfgdGqL s]kL zdf{ cf]nL laxLaf/ sf7df8f}Fdf cfof]lht /fli6«o ljsf; kl/ifb a}7ssf] ;dfkg ;df/f]xnfO{ ;Daf]wg ub}{ tl:a/M gjLg kf}8]n, /f;;

२२ चैत्र

काठमाडौँ । राष्ट्रिय विकास परिषद्को बिहीबार सम्पन्न बैठकले दीर्घकालीन सोच सहितको पन्ध्रौं योजनाको आधारपत्रलाई स्वीकृत गरेको छ । मुलुकलाई उच्च आय भएको विकसित र समुन्नत राष्ट्रको रुपमा पुर्याउने मार्गचित्र कार्यान्वयन गर्न पन्ध्रौँ योजनालाई आधार योजनाको रुपमा तयार गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

आयोगले बिहीबार पत्रकार सम्मेलन गरी परिषद्को दुईदिने बैठकले गरेका निर्णय सार्वजनिक गर्दै आगामी २५ वर्षमा तीव्र विकासको माध्यमबाट समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय सोच, गन्तव्य र परिमाणात्मक लक्ष्य सो आधारपत्रले लिएको जनाएको हो ।

आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले पन्ध्रौँ योजनाको अवधिमा औसत दुई अङ्कको आर्थिक वृद्धि हासिल गर्दै उच्च आय भएको सम्मुनत मुलुकको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

उनले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्ने गरी सहकारी र सामुदायिक क्षेत्रको भूमिकालाई प्रभावकारी, पारदर्शी र सुदृढ बनाउनुपर्ने बताए ।

आयोगका सदस्यसचिव लक्ष्मण अर्यालले बैठकमा प्राप्त सुझावका आधारमा पन्ध्रौं योजनाको आधारपत्र थप परिमार्जनसहित पूर्णता दिइने उल्लेख गरे । दसवटा मुख्य लक्ष्यसहितको योजनाले प्रदेश सन्तुलनसहित रणनीति बनाएर अघि बढ्ने आयोगले जनाएको छ ।

बैठकको पहिलो दिन समष्टिगत आर्थिक, सामाजिक, पूर्वाधार, कृषि, वन तथा प्राकृतिक स्रोत, लोकतन्त्र र सुशासन तथा अन्तरसम्बन्धितलगायत ६ वटा क्षेत्रमा केन्द्रित भई प्रस्तुतिकरण र छलफल गरिएको थियो ।