१३ चैत्र
काठमाडौं,डा शेखर कोइरालाले आफ्नो मनको कुरा गरेका हुन् । जनताका कुरा गरेका हुन् । मुलुकलाई धर्म निरपेक्ष बनाएर फाइदा कसलाई भएको छ ? धार्मिक स्वतन्त्रता सहितको हिन्दू राज्य भएमा पनि सवै धर्म सस्कृति अट्न सक्ने वताउनू भएको छ ।

यसको जानकारी डा कोइरालालाई पनि छ । सभापति शेरबहादुर देउवाले डा कोइरालाद्धयलाई अब केही नहुने भन्दै खुलेआम बोल्नु पक्कै जायज होइन होला ।

किनकि वाक्स्वतन्त्रता लोकतन्त्रमा अपरिहार्य छ । विचारको स्वतन्त्रता छ । डा शेखर कोइरालाले धर्मका बारेमा बोलेका कुरालाई पार्टी सभापति देउवाले खण्डन गरेकोप्रति आश्चर्य व्यक्त गरेका छन् ।

उनले भने, ‘उहाँ मेरो आदरणीय सभापति हो । उहाँले किन त्यस्तो बोल्नु भयो त्यो उहाँलाई सोध्दा राम्रो होला ।

डा कोइरालाले सभापतिका बारेमा प्रतिक्रिया माग्दा भने, ‘सभापतिज्यूको संस्कारले दियो होला मेरो संस्कारले दिन्न ।

उनले थपे, ‘मलाई मेरो राजनीतिक संस्कारले जे पायो त्यही बोल्न दिँदैन । म यतिमात्र भनूँ ।

उनले देउवासंग आफैले सोधेर जानकारी लेलान् त ? भन्ने प्रश्नमा उनले सहजै भने, ‘हेर्नुस् म त यस्ता कुरामा विवादमा पर्न चाहन्न । म केही पनि सोध्दिन । मेरो संस्कारले मलाई सोध्न दिँदैन ।’

धर्मको विचार भने पेचिलो बन्दै गएको छ । डा कोइरालाले पार्टीभित्र निर्वाचनपछिको तिक्तता पार्टी सभापतिले मेट्न सक्नुपर्नेमा भने जोड दिएका छन् ।

उनले भने, ‘सभापति शेरबहादुरजीले मिलाउनु हुन्छ होला भन्ने लागेको थियो तर उहाँले मेट्न सक्नु भएको छैन ।’ उनले अगाडि भने, ‘तिक्तता मेट्न सकिएन भने एकढिक्का भएर अगाडि बढ्न सक्ने अवस्था हुँदैन । त्यो सभापतिको दायित्व हो ।