२० फागुन
आफ्नो प्रेमी को माया ले आफ्नो देश पाकिस्तान बाट नेपाल आएकी आम्ना सफिकले नेपाल आउदाका अनुभवहरु सुनाउदै निकै भावुक बनेकी छिन।सुरुमा नेपाल आउदा असहज परिस्थिती को सामना गर्नु परेको अनुभव सुनाउदै भासा र मानिसहरूको चीन जान को अभाव लेमुस्किलले समय कटाउनु परेको बिगत सुनाउदै अहिले भासा सिकेर जानिसकेपछी को परिवेस धेरै सहज र रमाइलो रहेको बताएकी छिन ।
सबै भन्दा ठूलो कुरा आफ्ना प्रेमी सुबिन आचार्य र सुबिनको परिवार सकारात्मक बिचारको भएकोले आफू खुसी रहेको बताएकी छिन । धर्म र देश भन्दा माया नै ठूलो जस्तो देखिए पनि सबै को जीवन मा यस्तो लागुहुन नसक्न पनि सक्ने भन्दै धार्मिक आस्थाले आफुहरुलाइ अहिले सम्म खास फरक पार्ला भन्ने आफुलाइ नलागेको अनुभव सुनाईन् ।
फेसवुकको म्यूचियल साथी रहेका सुबिन आचार्य लाई साथी वनाएर शूरुभएको फेसवुके लभ विभिन्न आरोहअवरोह पार गर्दै विवाहमा परिणत भएको छ । माया प्रेमका अगाडी समाज,धर्म सवै सारथी भए । पोर्चुगलमा रहेका सुबिन आचार्य नेपाल आएर विवाह गरेका हुन ।









