८ फागून
पर्वत । प्रथम राष्ट्रिय मगर महोत्सवको आज दोश्रोदिन राष्टिय दोहोरी गित प्रतिष्ठानका द्धितिय उपाध्यक्ष तथा चर्चित लोकपृय गायक राम्जी खांडले स्टेज तताएका छन् । मनपरेको मान्छेको नाम दिमै लेखिन्छ ……… लगायत दर्जनौ गित गाएर दर्शकहरुलाई भरपूर मनोरन्जन दिएका छन् । उनले गाएका फूल फूल्यो पयालै लगायतका वहूचर्चित गीतहरुमा दर्शकहरु उफ्री उफ्री नाचेका थिए । पर्वत जिल्लाको सदरमूकाम कूश्माको वडागाउं चौरमा संचालन भएको ९ दिने मगर महोत्सवमा विभिन्न कलाकारहरुले प्रस्तूति गरेका छन् । आज चर्चित लोकदोहोरी गायिका ईन्द्र गूरुड,तारापती सूवेदी,सूदिप क्षेत्री लगायतले आप-नो प्रस्तूति गरेका थिए ।

फागुन ७ गते वाट शूरु भएको महोत्सव १५ गते मगर दिवशको दिन समापन हूनेछ । तेश्रो दिन ९ गते विहान ८ वजे वाट स्थानिय तह स्तरिय भलिवल प्रतियोगिता संचालन हूने पून यूवा क्लवका अध्यक्ष कृष्ण पुनले वताए । ९ गते लोकपृय कलाकार पृति आले मगर,यम क्षेत्री,लक्ष्मी नेपाली,लक्ष्मी वानिया र ईश्वर सिंहको प्रस्तुति रहने छ भने डान्स आईडल समेत प्रस्तूत गर्ने पून यूवा क्लवका निवर्तमान अध्यक्ष जिवन पुनले वताए ।

दर्शकहरुले खचाखच भरिएको वडागाउं चौरमा १५० वटा स्टलमा औधोगिक प्रदर्शनी,रमाईलो मेला लगायतका मनोरन्जनका कार्यले महोत्सवलाई थप आकर्षण गरेका छन् । लोकपृ-य गायक वूद्ध लामा,सागर आले र लाहूरे दाई,ज्योति मगर,सरस्वती लामा,डि मोर्च व्याण्ड लगायतका कन्सर्ट आयोजना तथा प्रस्तूतिले महोत्सवलाई थप आकर्षण वनाउने पून यूवा क्लवका सचिव पृति पूनले वताईन ।









